सलहको मूल्य बढ्यो, आँधिखोला गाउँपालिकाले किलोको ३ सय दिने घोषणा


स्याङ्जा । शनिबार नेपाल भित्रिएको सलह किरा तराई देखि पहाडका धेरै जिल्लामा पुगिसकेको छ । भोकमरी निम्त्याउने किराका रुपमा लिइने सलह नियन्त्रणका लागि स्थानीय तहले विभिन्न प्रयास गरिरहेका छन् ।

सलह नियन्त्रणका लागि प्रदेश सरकारले केही रकम प्रोत्साहनका रुपमा दिने निर्णय गरेका छन् । कसैले २०, कसैले २५, कसैले एक सय दिने निर्णय गरिरहेका बेला स्याङजाको आँधिखोला गाउँपालिकाले भने प्रति किलो ३ सय दिने धोषणा गरेको छ ।

पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको भन्दै गाउँपालिकाले सलह छोपेर ल्याउनेलाई ३ स दिने घोषणा गरेको हो । साथै गाउँपालिकाले सलह छोपेर ल्याउन पनि सबैलाई आह्वान गरेको छ।

आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको गाउँपालिकाले तत्काल नियन्त्रणका लागि यस्तो घोषणा गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार