
काठमाडौं । गोरखामा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुष रहेका छन् ।
कोरोना संक्रमणपछि अस्पतालमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
उनमा शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । डाइबिटीजका समेत रोगी उनी असार १६ गते कतारबाट आएका थिए ।










