काठमाडौं । कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् ।
केन्द्रीय कार्यसमितिमा पार्टीको विधानमाथि छलफल गर्नेक्रममा नेता थापाले अबदेखि पार्टीको कार्यकारी पदहरुमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका हुन् ।
काँग्रेसमा प्रभावशाली युवा नेता नेताका रुपमा परिचित थापाले नयां युगमा पुरानै बिचारले पार्टी नचल्ने भन्दै पार्टीका पाका नेताहरुले बिश्राम लिई नयां पुस्तालाई हस्तारण गर्नुपर्ने आवाज उठाउदै आएका छन ।
छलफलमा नेता थापाले धेरैभन्दा धेरैलाई पार्टीको सदस्यता दिने र उनीहरुको प्रत्यक्ष मतका आधारमा सभापति चुन्नु पर्ने समेत बताए ।
तर, कांग्रेसको विधानमा कुनै उमेर हद छैन । विधान संशोधन मस्यौदा समितिले पनि कुनै उमेर हद तोक्ने प्रस्ताव अहिलेसम्म गरेको छैन ।
तर, कांग्रेसले हालै मात्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ उमेर हद लागू गरेको छ ।जसलाई युजा नेताहरुले सकरात्मकरुपमा लिएका छन ।