क्रिकेटर गौतम गम्भीरले गरे सन्यासको घोषणा (भिडियोसहित)

काठमाडौं । भारतीय युवा क्रिकेटर गौतम गम्भीरले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् ।
उनले आफ्नो फेसबुकमा एउटा भिडियो सार्बजनिक गर्दै क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका हुन ।

बाँया हातका ब्याट्सम्यान गम्भीरले उक्त भिडियो फेसबुकमा राख्दै केहि निरासाका शब्दहरु लेखेका छन । उनले भनेका छन, सबै भन्दा कठिन निर्णयहरु भारी मनका साथ गरिन्छन, यहि भारी मन बनाएर म यो निर्णय गदैछु । जसको बारेमा म आफ्नो जिन्दगीभर डराईरहने छु ।

भारतिय क्रिकेटका राम्रा खेलाडीमध्येका एक गम्भीर बिगत दुई बर्षदेखि क्रिकेट भन्दा बाहिर रहंदै आएका थिए ।

भारतिय क्रिकेट टिममा रहेर उनले लामो समयसम्म टेस्ट म्यच हुंदै वनडे र टी २० मा महत्वपुर्ण ब्याटिङ गर्दै टिमलाई अगाडी बढाएका थिए ।
२०११ मा भएको विश्वकप फ़ाइनल मा गम्भीरले सबैभन्दा बढि ९७ रन बनाएर भारतलाई चैंपियन बनाउनमा ठुलो योगदान दिएका थिए ।
३७ बर्षका गम्भीरले सार्बजनिक गरेको सन्यासबारेको भिडियोमा उनले आफुले खेलेका केहि महत्वपुर्ण खेलहरुको बिषयमा बताएका छन ।

बिषेशगरि, उनले अहिले नै किन यसरि खेलबाट सन्यास लिए भन्नेबारे केहि खास कुरा बताएका छैनन र भावी योजनाबारे पनि उनि अहिले चुप नै छन ।

सन्यासबारे भारतिय क्रिकेटर गौतम गम्भीरले सार्बजनिक गरेको भिडियो

Announcement #Unbeaten

The most difficult decisions are often taken with the heaviest of hearts. And with one heavy heart, I’ve decided to make an announcement that I’ve dreaded all my life. Indian Cricket Team#Unbeaten

Gepostet von Gautam Gambhir am Dienstag, 4. Dezember 2018

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार