
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सञ्चार माध्यमले नेपालका प्रधानमन्त्रीलाई जोडेर प्रसारण गरेका विषयवस्तुले सबैको अपमान गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्रै नभई अबदेखि तिनका कार्यक्रममा समेत भाग नलिन सबैलाई आग्रह गरेका छन् ।
काँग्रेसका सांसद समेत रहेका उनले नेकपा विवादमा केहीदिन यता चीनियाँ राजदूतको दौड्धुपलाई अशोभनीय भनेका छन् ।
“नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ। त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ,” उनले भनेका छन् ।
यो पनि हेरौं









