
काठमाडौं । पछिल्लो समय भरतिय भिडियाले नेपालप्रति गरिरहेको भ्रामक प्रचार र समाचार सम्प्रेषणबारे सरकारले आपत्ति जनाएको छ । नेपाल सरकार र प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार सम्प्रेषण गर्ने भारतिय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोजिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका हुन।
बिहीबार सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए छन् ।
नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा सोधिएको प्रश्नमा उनले भने, “हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।”
लगातार नेपालबारे भ्रामक प्रचार गरिएका भारतिय टिभी च्यानल सरकारले बन्द गर्नु पर्ने आवाज उठिरहेको सम्बन्धमा मन्त्री खतिवडाले सरकारले मिडियालाई प्रतिवन्ध गरेर तह लगाउनुभन्दा पनि अनुशाशित भएर काम गरुन भन्ने चाहेको बताए ।
“सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ,” उनले भने ।
भारतिय टिभी च्यानल जि हिन्दुस्तालने असार २३ गते प्रधानमन्त्री ओली र चिनियां राजदुतलाई होउ यान्छीलाई लिएर प्रशारण गरेको १७ मिनेट २९ सेकेण्डका रिर्पोटमा आपत्तिजनक कुराहरु समेटेको थियो ।

“ओली कि इश्किया” शीर्षकमा प्रशारित उक्त रिर्पोटमा काल्पनिक र आपत्तिजनक कुराहरु समेटिएका छन् । सो टीभीले कूटनीतिक मर्यादाको समेत ख्याल नगरिक अनर्गल प्रचार गरेको प्रति नेपालमा चौतर्फी विरोध भइरहेको छ ।
रिर्पोट चिनियाँ राजदूत यान्छीलाई “विषकन्या” को संज्ञा दिँदै उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको झुट दावी गरेको थियो ।
जसबारे नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै भारतीय सञ्चारमाध्यमले पीत पत्रकारिता गर्दै विश्व पत्रकारीताको मान्यताविरुद्ध काम गरिरहेको ठहर गरेको छ ।










