खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुरामा एक बालकको मृत्यु


डडेल्धुरा । खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका ६ का ८ वर्षीय हिमान्सु महारा रहेका छन् ।

आलिताल गाउँपालिका ६ को झरकाँडा भन्ने ठाउँमा गएराति झडप हुँदा घाइते भएका बालकको थप उपचारका लागि धनगढी ल्याइए पनि उनको शनिबार विहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार