मुख्यमन्त्री चौहानमा कोरोना पुष्टि, अस्पताल भर्ना


भारत । भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पुष्टि भएको छ । शनिवार दिउँसो उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन ।

मुख्यमन्त्री चौहानले ट्वीट गर्दै डाक्टरहरुको सल्लाह अनुसार आफु डेडिकेटेड चिरायु अस्पताल भोपालमा भर्ना हुन गइरहेको समेत बताएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई कोरोना जाँच गराउन समेत अनुरोध गरेका छन् ।  मुख्यमन्त्री चौहानले समयमै कोरोनाको उपचार हुन पाएमा निको हुन बताएका छन् ।

कोरोना पुष्टि भएर मध्य प्रदेशका एक मन्त्रीअरविंद भदौरिया यसअघि नै अस्पताल भर्ना भएका छन् ।  भारतमा पछिल्लो समय तिर्ब रुपमा संक्रमितहरु बढिरहेका छन् ।

अहिलेसम्म भारतमा १३ लाख ३९ हजार १७६ जना संक्रमित भइसकेका छन् भने ३१ हजार ४२५ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार