मोरङमा गोरु काटेर मासु बेच्दै गरेका एक ब्यक्ति पक्राउ

मोरङ । मोरङमा गोरु काटेर मासु बेच्दै गरेको अवस्थामा एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको सन्दरहरैंचा नगरपालिका ९ मा गोरु काटेर मासु बेच्दै गरेका अन्दाजी २५ वर्षीय सुमन दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

दनुवारलाई त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ गरी अनुसंन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

पक्राउ परेका दनुवारविरुद्ध पशुपंक्षीसम्बन्धी कसुरमा कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रनि ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार