कोरोना संक्रमित बढ्न थालेपछि विराटनगरमा फेरि लकडाउन घोषणा


विराटनगर । कोरोना संक्रमित बढ्न थालेपछि विराटनगरमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना रोकथामका लागि लकडाउन बाहेक विकल्प नभएको भन्दै महानगरपालिकाले शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरेको हो।

शुक्रबार नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

विराटनगरमा समुदायस्तरमा कोरोना फैलिसकेको महानगरले निष्कर्ष निकालेको छ । महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । महानगरले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन नागरीकलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार