सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो पर्यटक गन्तव्य बनाइने

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो पर्यटक गन्तव्य बनाइने बताएका छन ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचौं ‘ग्रेट हिमालय’ महोत्सवको मंगलबार उद्घाटन गर्दै उहाँले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

स्थानियस्तरमा लाग्ने मेला, महोत्सवले स्थानिय उत्पादन, घरेलु उद्योग, कला संस्कृतीका साथै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत ठुलो सहयोग पुर्याउने भएकाले बेला बखत यस्ता कार्यक्रमहरुको आयोजना भइरहनुपर्ने उनको भनाई थियो ।

महोत्सवमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरपारि विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान समेत गरिएकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार