आजदेखि राष्ट्रिय महिला फुटबल टोली साफको तयारीमा

काठमाडौं । साफ महिला फुटबलको तयारीकालागि बुधबारदेखि राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा सहभागि गराइएको छ।

राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए ।

नेपालको आयोजनमा विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ गतेसम्म चल्ने प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले महिला टोलीको तयारी अघि बढाएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

नेपालमै आयाजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । सो समूहमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भने भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।

प्रतियोगिताका सबै संस्करणहरुको उपाधि अहिलेसम्म भारतले जित्दै आएको छ । भने नेपाल जहिले पनि फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार