
काठमाडौं । गएराति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परी वेपत्ता भएका ५ जनाको शव फेला परेको छ । पहिरोमा अझै तीन जना वेपत्ता छन् ।
कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु बसेको टहरोमाथिबाट पहिरो आएर उनीहरु वेपत्ता भएका हुन् । पहिरोमा परेका भारतीय नागरिक बारु साहलाई भने प्रहरीले जीवितै उद्धार गरेको छ ।
मृतकमध्ये दुई जनाको परिचय खुलेको छ । वीरगञ्जका प्रदीप चौरसिया र राजेश चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । वेपत्ता भएका तीनजनाको नेपाली सेना, प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।











