
मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित १८ जनालाई कोरोना पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पुष्टि भएको हो ।
अन्य संक्रमित हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।
त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।











