काठमाडौंमा ठूलो भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौंमा बुधबार साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको छ । ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले धेरै मानिसहरु घर बाहिर निस्किएका थिए ।

गएराति ११ : ४० मा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । गएराति २.७ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार