को रोना कहरमा सरकारले प्रदेश २ मा २४ जना चिकित्सकको टोली पठाउँदै


काठमाडौं । को रोनाले सबै भन्दा धेरै प्रभावित भएको प्रदेश २ मा सररकाले २४ जना विशेषज्ञ चिकित्सकको टोली पठाउँदै छ । सं क्रमितका साथै मृतकको संख्या पनि उच्च रहेको प्रदेश २ मा नियन्त्रणमा सहयोग पुग्ने भन्दै सरकारले चिकित्सकको टोली पठाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर अध्ययन सकेका विशेषज्ञ चिकित्सकहरूलाई प्रदेश २ का विभिन्न अस्पतालमा खटिने गरी टोली पठाउन लागिएको बताएको छ । यसअघि उपचारमा खटिले किचित्सकको अभाव भएको भन्दै मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालका लागि ९ जना चिकित्सक पठाइ सकेको छ ।

अहिले प्रदेश २ कोरोनाको ‘हटस्पट’ बनेको छ। प्रदेशका ८ जिल्लामध्ये ७ वटा जिल्लामा अहिले पनि ५ सय बढी सक्रिय सं क्रमित छन्। यसका साथै मृतकको संख्या पनि प्रदेश २ मा बढीरहेको छ ।

यसअघि कोरोनाको सुरुवादमा सुदुरपश्चिम प्रदेशमा पनि सरकारले चिकित्सकको टोली पठाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार