गुण्डा नाइके बाघेसहित २३ वटा डिपो सञ्चालक प्रहरीद्धारा सार्वजनिक

आवश्यक कारवाही प्रकृया सुरु


काठमाडौं । ठगी आरोपमा पक्राउ परेका गुण्डा नाइके बाघे भनिने सन्देश लामासहित २३ वटा डिपो सञ्चालकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बालुवा लगायत निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा प्रहरीले बाघेसहित डिपो सञ्चालकलाई शुक्रबार बिहान पक्राउगरी दिउँसो २ः३० मा पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेका बाघेसहित काठमाडौंका विभिन्न स्थानमा संचालनमा रहेका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकहरुमाथि आवश्यक अनुसंन्धानगरी कारवाही प्रकृया अघि बढाइएको एसएसपी थापाले बताए।

अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चानमा रहेका २३ वटा डिपो सञ्चालकलाई पक्राउ गरेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार