
तनहुँ । जिप दुर्घटनामा परी तनुहुँमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका ८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका ५ का राजकुमार श्रेष्ठ रहेका छन् ।
आज दिउँसो जिल्लाको ऋषिङ गाउँपालिका १ देउलीखोलामा दुर्घटना हुँदा जिप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये ४ चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
व्यासनगरपालिका ५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जिप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खसेको छ ।












