
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ४ वर्षे बालिका, गोरखाका ६५ र रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ४६, रौतहटका ४० चितवनका ७८ र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










