काठमाडौँ । चितवनमा एउटा कहाली लाग्दो घटना भएको छ । घरभित्रै आमा र दुई सन्तान झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एउटै कोठामा घरको छानामा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल आर्मीमा काठमाडौंमा कार्यरत नरबहादुर आलेमगरकी अन्दाजी ३४ वर्षीया श्रीमती माया आलेमगर, उनकी १४ वर्षीया छोरी विनिता र १२ वर्षीय छोरा विवेक एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
झुण्डिएको अवस्था हेर्दा टिनले छाएको पक्की घरको छानामा कपडाको डोरीमा तिनै जना झुण्डिएको देखिन्छ तर, उनीहरूको हत्या या आत्महत्या के हो भन्ने अझै खुल्न सकेको छैन ।
उनीहरुको शव अहिले पोष्टर्माटमका लागि भरतपुर अस्पतालमा राखिएको र घटनाबारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।