काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु भोली सोमबारदेखि शुरु हुने भएका छन् ।
सम्पन्न एघारौँ चरणका खेलपछि दुई दिनको विश्राम लिदैं १२औँ चरणका खेलहरु सोमबारदेखि शुरु हुन लागेका हुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने १२औं चरणको सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले र मच्छिन्द्र क्लब भिड्नेछन् । त्यस्तै दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।
खेल तालीका अनुसार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब बीच खेल हुनेछ ।
एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब आठौं पटक लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै मनाङले रु ५० लाख हात पारेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।