काठमाडौं । मोडल तथा नायक पल शाहको टिम बाढी पहिरो पीडितलाई राहात दिन बागलुङ पुगेको छ । पछिल्लो समय सामाजिक सेवामा सकृय कलाकार पलसंगै मोडल तथा गायक दुर्गेश थापा पनि राहात कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौंबाट गएको पलको टिमले सिरक, डसना, नुन, तेल, चामल लगायतका खाद्यान्न सामाग्रीहरु पीडतहरुलाई राहात स्वरुप वितरण गर्नेछ ।
भदौ १७ गते राती बालगुङको ढोरपाटन नगरपालिका- ९ भुजीखोलामा आएको बाढीले बस्ती बगाउँदा डेढ दर्जन बढीको ज्यान गएको बतायएको छ भने अहिलेसम्म १४ जनाको शव भेटिएको छ । बढीले ४० बढी घरहरु बगाएको थियो ।
पीडितरुलाई प्रदेश सरकार, केन्द्र सरकारका तर्फबाट राहात सहित बस्नका लागि बन्दोबस्त मिलाइएको छ । घटनापछि गृहमन्त्री रामबहादुर थापा बादल राहात समाग्री लगेर हेलिकोप्टरमार्फत घटनास्थल पुगेका थिए ।
पल शाहको टिमले यस अघि पनि ‘पल शाह प्रतिष्ठान’ र ‘हाम्रो टिम नेपाल’ को संयुक्त पलहमा कालीकोट र अछामका बाढी पहिरो पीडितलाई पनि राहत सामाग्री बाँडेका थिए ।