नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खुकुलो पार्न उपत्यकाका मेयरको माग


काठमाडौं । काठमाडों उपत्यमा जारी निषेधाज्ञा खुकुलो पार्ने विषयमा उपत्यकाका मेयर सहमत भएका छन् । कोरोना नियन्त्रणका लागि जारी गरेको कडा निषेधाज्ञाले गर्दा स्थानिय नागरिकलाई समस्या भएको भन्दै केही खुकुलो बनाउन उनीहरु सहमत भएका हुन् ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले मंगलबार गरेको छलफलमा नाकाहरुमा सेना परिचालन गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा  बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमश खुकुलो बनाउदै उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने माग पनि स्थानीय जनप्रतिनिधिले गरेका छन् ।

छलफलमा निषेधाज्ञामा श्रम गरेर खानेहरुले पाएको दुखका विषयमा पनि समिक्षा गरिएको छ । निम्न वर्गका परिवारमाथि समस्या थपिदै गएपछि अब निषेधाज्ञा विस्तारै खुकुलो बनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।

नगरपालिका फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय भएका छन् ।

उपत्यकामा स्थानीय जनप्रतिनिधिहरुले आ – आफ्नो ठाउँमा निषेधाज्ञा खुकुलो पारेर सेवा दिने वतावरण मिलाउन पहल गर्ने विषयमा पनि छलफल भएको छ । उपत्यकामा भदौ ४ गतेबाट जारी निषेधाज्ञाको समय भोली सकिदै छ ।

 

 

 

 

 

 

 

 

बैतडी । बैतडीको सिगासमा किशोरीमाथि बलात्कार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरीलाई समेत प्रहरीले आजै ९मंगलवार० सदरमुकाम बैतडी पुर्याएको छ। बलात्कारजस्तो घटना ‘गाउँमै मिलाउने भन्दै पीडक पक्षले किशोरी र उनका आफन्तलाई चर्को दबाव’ दिइरहेका बेला प्रहरीले दुबै पक्षलाई सदरमुकाम ल्याएको हो।

पीडित किशोरीको उद्धारपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अगाडि बढाएको छ। जिल्ला सदरमुकाम ल्याएलगत्तै प्रहरीले सोधपुछ थालेको छ। आरोपित शिक्षक खडक बोहरा, केशब बोहरा र रामसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको पाटनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले पुष्टि गरे।

आरोपितहरुमध्ये खडक पीडित बालिकालाई पढाउने शिक्षक हुन भने केशब गाउँपालिकाका करार सेवाका कर्मचारी हुन्। रामसिंह सर्बसाधारण भएको प्रहरीले जनायो। आइतवार महेन्द्रनगरपोष्टले समाचार बे्रेक गरेको ४८ घण्टाभित्र प्रहरी एक्सनमा गएपछि स्थानीयले प्रशंसा गरेका छन्। स्थानीय महिला तथा मानवअधिकारबादीले सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार