लोकपृय संचारकर्मी रबि लामिछानेको आज जन्मदिन भन्दै झुटो प्रचार, कहिले होत रबिको जन्मदिन ?


काठमाडौं । लोकपृय संचारकर्मी रबि लामिछानेको आज जन्मदिन भन्दै झुटो प्रचार भइरहेको छ । न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासंगका प्रस्तोता रबिको आज जन्म दिन नभएको खुलेको छ ।

तर, समाजिक संजाल लगायत अनलाइनमिडियाहरुले रबिको आज जन्मदिन भन्दै खबर र शुभकामना दिइरहेका छन् ।
उनको जन्मदिनका खबरहरु आइरहेका बेला उनकै सहकर्मी तथा सिधा कुरा जनतासंगका प्रोडुसर दिपक बोहोराले रबिको जन्मदिन आज नभई भदौं २८ गते भएको जानकारी दिएका छन् ।

“धेरैले आज रबि दाई को जन्मदिन सम्झेर मलाई सोधिरहनु भएको छ र शुभकामनाहरु पनि दिइरहनु भएको छ। हुन त यो माया हो तर पनि दाईको जन्मदिन भदौ २८ गते हो। आज आएका शुभकामनाहरुलाई एड्भान्सका रुपमा लिनुहोला रबि दाई। माया त माया हो”, बोहोराले आफ्नो फेसबुकमा लेखेका छन् ।

तर, यस बिषयमा रबि स्वयमले भने अहिलेसम्म केहि भनेका छैनन् । र उनकी जिवन संगीनि निकिता पौडेलले पनि आज रबिको जन्मदिन भन्दै आइरहेका खबरहरुका बिषयमा केहि बताएकी छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार