आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन मेयर चिरिबाबुको आग्रह


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर महर्जनले आफुलाइ मार्ने धम्की दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा प्रहरीसंगको झडपमा शाक्यले मेयर महर्जनलाई टाउको काट्ने चेतावनी दिएका थिए ।
त्यसपछि प्रहरीले उनलाई पक्राउगरी कानुनी कारवाही प्रकृया अघि बढाएका बेला मेयर मर्हजनले उत्तेजनामा आएर शाक्यले त्यस्तो धम्की दिएको भन्दै उनलाई हिरासत मुक्त गर्न आग्रह गरेका छन् ।

भदौ २१ गते प्रहरीले शाक्यलाई नख्खुबाट नियन्त्रणमा लिएको थियो ।

पुल्चोकमा रथयात्राको क्रममा भएको झडपमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका सबैलाई निःशर्त रिहाइको लागि समेत मेयरसहित १९ जातीय संगठनले प्रहरीलाई आग्रह गरेको महर्जनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेयरद्धारा जारी विज्ञप्ती

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार