
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









