
काठमाडौं । चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।
उनको मंगलबार दिउँसो जिल्लाको दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।











