मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त

काठमाडौँ । २०१८ की मिस नेपाल श्रृखंला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा नियुक्त भएकी छन । हालै चिनमा सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धाको टप १२ मा पर्न सफल खतिवडालाई बैंकको व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ सद्भावना दूत नियुक्त गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरि बैंकको सेवालाई अझ विस्तार गर्ने उदेश्यका साथ मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनको विश्वास छ ।

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

सद्भावना दुत नियुक्तीपछि कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले भनिन, सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको छ, मेरो लागि गर्वको कुरा हो ।

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो शाा बिस्तार गरि सेवा दिइरहेको छ ।
बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार