
काठमाडौं । नेपालमा प्रशारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार संसदको विकास तथा प्रविधि समितिको बैठकले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउन सरकारलाई निर्देशन दिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग भएको छलफलपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको समितिले जनाएको छ ।
नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ ।













