
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आज सो आदेश दिएको हो ।
अदालतले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै केशव तुलाधर साधारण तारेखमा रिहा भएका छन् भने, शिवजी भट्ट–३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख, घमन कुमार कार्की– ७ लाख ५० हजार, गोपाल कार्की –७ लाख ५० हजार, विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन– १ लख १० हजार, देवनारायण महर्जन – १ लाख १० हजार, सकलानन्द महर्जन– १ लाख १० हजार, सञ्जय कुमार महर्जन– १ लाख १० हजार र लोकरि घिमिरेलाई –७ लाख ५० हजार धरौटी तोकिएको छ ।











