सांसद पद बदर गरी मन्त्री बन्न नदिन बामदेवविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बामदेवलाई राष्ट्रीयसभा सदस्य मनोनीत गरेको सिफ़ारिस बदर गरि उनलाइ मन्त्री नबनाउनु तथा सांसदको रूपमा कार्य नगराउनु भन्दै सर्वोच्चमा रिट दर्ता गरेको जानकारी दिएका छन् ।

उनकाअनुसार असोज ७ गते उक्त रिटउपर सुनवाई हुनेछ ।

अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी र बमदेव गौतमलाई विपक्षी बनाएर निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषदले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुरासयपूर्ण हुनुका साथै संबिधान विपरित रहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार