सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग


बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते साँझ बलात्कारपछि हत्या गरिएको अवस्थामा मन्दिरमा शव भेटिएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय सिम मन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेपछि घटना बाहिर आएको थियो ।
उक्त घटनाको अनुसंन्धान हुँदा आरोपित बोहोरा असोज ८ घरभित्र लुकेको अवस्थामा गाउँबाटै पक्राउ परेका थिए । आरोपित राजेन्द्रले डेढ महिनाअघि साउन २९ गते स्थानिय एक १३ बर्षीया बालिकालाई पनि बलात्कार गरेका थिए । उक्त घटना गाउँमै मिलाइएको थियो ।

सम्झनाको घटना बाहिर आएपछि ति बालिकाले पनि रोजेन्द्रविरुद्ध जबरजस्ती करणीको जाहेरी गर्दा गराएकी छन् । एउटै गाउँमा दुई /दुई बालिका बलात्कार गरेको घटना बाहिरीएपछि स्थानियहरु दोषीमाथि हदैसम्मको कारवाहीको हुनुपर्ने माग गरिरहेका छन् ।

उपरान्त बलात्कार जस्तो जघन्य अपराध समाजमा नघटोस भन्दै कानुन संशोधन गरेर बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने चौतर्फी माग उठिरहेको छ ।

यो पनि पढ्नुहोस

सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार