मोरङ । मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जील्लाको बूढीगङ्गा गाउँपालिकामा जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विजयी हुने टोलीलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ । कबड्डी खेल नेपालको लोकपृय र पुरानो खेल हो । तर, पछिल्लो समय कबड्डीका ठुला प्रतियोगिता नहुँदा यसको लोकपृयता घट्दै गइरहेको छ ।