
काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेललाई शनिवार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री पोखरेललाई शनिबार ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर स्वाब परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय काठमाडौं उपत्यसहित देशैभरी संक्रमण बढिरहेको छ ।











