प्रचण्ड पत्नी सीता अस्पताल भर्ना,आइसियुमा उपचार हुंदै

काठमाडौं । स्वास्थ्यमा समस्या देखिए पछि आईतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
पहिले देखि नै स्वास्थ्यमा समस्या भएकी सितालाई केही दिनयता चिसो र रूघाखोकीले सताएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई ललितपुरको सुमेरू अस्पतालमा भर्ना गरिएको हो ।

केहि दिन यता बढेको चिसोका कारण उनलाई रूघाखोकी लागेको बताइएको छ । सीता मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्। यस अघि उनलाई विदेशका विभिन्न अस्पतालमा उपचार गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार