
काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान डा। कार्कीको निधन भएको हो ।
उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिए पनि निको नभएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
प्रा। डा। कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् ।










