काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । साताको दोस्रो दिन सोमबार १ सयले सुनको मूल्य बढेको हो । आइतबार प्रतितोला ६० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ६० हजार नौ सय रुपियाँमा कारोबार भएको छ । सोमबार प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय १० रुपियाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रति तोला सात सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।