काठमाडौँ । नवनियुक्त संघिय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जनाएको थियो ।
नयां मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानिया नियुक्त भएका थिए । त्यस्तै आशाकुमारी वि।क।लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको थियो ।