अन्तत, रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’

काठमाडौं । पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कोर्ट म्यारिज गरेका छन् । सोमबार दिउसो जिल्ला अदालत काठमाडौंमा कोर्ट म्यारिज गरेका हुन् ।

रविले आफुले कोर्ट म्यारिज गरेको कुरा फेसबुकमा स्टाटस मार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन् यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो विवाह गर्न बाध्य भएका हौं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍यो’, उनले फेसबुकमा लेखेका छन् ।

उनले परम्परागत रुपमा भने आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् । ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ । र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’

फेसबुकमा लेखेकाे स्टाटस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार