सन्तोषकुमारको “चुडी छमा छम” बारे यस्ता प्रतिकृया, गीत लोकपृय हुंदै

काठमाडौं । ‘तिमी हिड्ने पिच गर्दिन्छु रोड‘ बोलको गीतका सर्जक सन्तोष कुमार (सुनार) को नयाँ गीत “चुडी छमाछम ” बारे दर्शक स्रोताहरुले निकै सकारात्मक प्रतिकृयाहरु दिइरहेका छन ।

नेपाली समाजमा ब्याप्त एकल (बिधवा) महिलालाई हेर्ने गलत दृष्टीकोट बदल्नु पर्ने भाव बोकेको चुडीं छमाछम बोलको गीतले निकै सकारात्मक सन्देश दिन खोजेको भन्दै दर्शकहरुले प्रतिकृया दिइरहेका हुन । गीतको संगीत, शब्द र गायकीको समेत दर्शक, स्रोताहरुले प्रशंसा गरिरहेका छन ।
सुदूरपश्चिमको डोटेली भाषा समिश्रण गरेर लेखिएको यस चुडी छमाछम बोलको गीतमा शब्द, संगीत र श्वर सन्तोष कुमारको रहेको छ ।
सबैखाले दर्शक स्रोताका लागि गीत संगीत पस्किदै गरेका सन्तोषकुमारले समाजप्रतीको आफ्नो दायित्व सम्झेर मनोरंजनको माध्यमबाट समाजको गहन बिषयको उठान गरेको प्रती धेरैले उनलाई हौसला दिइरहेका छन ।

संगीत समाजको दर्पण भएकाले समाजमा रहेका हरेक कुरालाई गीत संगीतले छुनु पर्दछ । जुन कुरा चुडी छमाछममा दर्शक स्रोताहरुले देख्न पाएका छन ।
गीतबारे आइरहेका निकै सकरात्मक प्रतिकृयाले आफु उत्साहित र सबैप्रती धन्यवादी रहेको सजर्क सन्तोषकुमारले बताए ।

शुक्रबार युटुबमार्फत सर्बजनिक गरिएको यस गीतलाई कृष्ण बिक (भान्जा) ले एरेन्ज गरेका थिए भने, गीतको मिक्सिङ्ग र मास्टरिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन ।

एकल महिलाप्रती समाजमा रहेको गलत सोंचलाई गीतको भिडियोमा उर्तान खोजिएको छ । गीतको भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका हुन भने सुमित लामाले निर्देशन गरेका हुन । द मिरर ग्रुपले तयार पारेको गीतको भिडियोलाई मनोज बस्नेतले निर्माण गतेका हुन ।

गीत हेरेर प्रतिकृया दिनुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार