सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि परीक्षा सुरु हुँदै


काठमाडौं। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको परीक्षा छिट्टै सुरु गरिने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन गर्न देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार समेत गरिसकेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । उनकाअनुसार आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमाू परीक्षा दिन पाउनेछन्।

सूचनाअधिकारी भुसालका अनुसार लाइसेन्सका लागि करिब ६ लाख निवेदन प्रकृयामै रहका छन् । देशभरिका २१ वटा यातायात कार्यालयबाट ६ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ।

निवेदकको पुरानै चाप बढी रहेकाले नयाँ आवेदन तत्काल खुल्ने सम्भावना नरहेको विभागका कर्मचारीहरु बताउँछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार