
काठमाडौं । नागरिक उन्मुक्ती पार्टीले सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज काठमाडौंको माइतीघरमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरुले विभिन्न प्लेकार्ड बोक्दै सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका हुन् ।
उनिहरुले विभिन्न नारा लेखेका प्लेकार्ड बोक्दै अध्यादेशको स्वागतमा मौन प्रर्दशन गरेका छन् । ‘हाम्रो देश, राम्रो अध्यादेश’, ‘रेशमवाद जिन्दावाद’, ‘जनताका लागि लडेको जेलमै सड्नु परेको’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यो भनन्’, लगायतका नारा लेखिएक प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा अनमोलपोस्टसंगको छोटो कुराकानीमा पार्टीका महासचिव रतन थापाले गठबन्धन सरकारले ल्याएको अध्यादेशबारे कसैको विरोध नभए बताए ।
काँग्रेस महामन्त्री गगन थापाले टिकापुर घटनाबारे दोधारे चरित्र देखाउँदै अध्यादेशको विरोध गरिरहेको उनले बताए । महासचिव थापाले टिकापुर घटनामा रेशम चौधरी निर्दोष भएको भन्दै सबै पार्टीका शिर्ष नेताहरुले स्विकार गरेकै कारण सरकारले अध्यादेश ल्याएको बताए । कैलालीका हजारौ जनताले रेशम निर्दोष भएको प्रमाण स्वरुप निर्वाचनमा नागरिक उन्मुक्ती पार्टीलाई जिताएको उनको दावी छ । महासचिव थापाले आफ्नो पार्टीले सरकारमा जानका लागि सत्ता गठबन्धनसंग कुनै सम्झौता नगरेको पनि प्रष्ट पारे ।

सरकारले गत आइतबार मात्रै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कहाँ पुगेको छ ।
अध्यादेश आगामी सरकार गठनका लागि सहज वातावरण बनाउन सत्ता गठबन्धन सरकारले ल्याएको भन्दै नेकपा एमाले लगायतका अन्य पार्टीका नेताहरुले फिर्ता लिनुपर्ने भन्दै विरोध गरिरहेका छन् । काँग्रेस भित्रै पनि महामन्त्री द्वय गगन थापा, विश्वप्रकास शर्मा लगायतले अध्यादेश गलत भन्दै विरोध गरिहेका छन् ।

यो पनि पढौ










