काठमाडौं । नेपाली संगीत बजारमा मौलिक लोक दोहरी गीत ” मनको पिर बिसाउने “सार्बजनिक भएको छ । शुक्रबार युटुबमार्फत सार्बजनिक भएको यस मौलीक लोक दोहरी गीतमा कलाकार कुमार पुन र कमला किरण बिसीको स्वर रहेको छ ।
लोक तथा दोहोरी गायक हूम गैह्रेको शब्द रहेको यस गीतमा जमुना रानाको संगीत रहेको छ भने संगीत संयोजन धिरज पाल्पाली गरेका हुन ।
नेपाली संगीत बजारमा मौलीक गीतको खडेरी भइरहेको बेला सार्बजनक भएको यस गीतको भिडियो पनि नेपाली जनजीवनसंग मेला खाने र नेपाली संस्कृती झल्काउने गरि तयार पारिएको छ । गीत र भिडियोमा आफ्नै मौलिकता भएका कारण छोटो समयमा स्रोता तथा दर्शकहरुले सकारात्मक प्रतिकृयाहरु दिइरहेका छन ।
मनको पिर बिसाउने ……..बोलको यस गीतको भिडियो निर्देशन जमुना रानाले गरेका हुन भने छायांकन दुर्गा पौडेलले गरेका हुन । गीतको भिडियोमा रत्न बिस्वकर्मा र बिबिका पोख्रेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गीत हेरेर प्रतिकृया लख्नुहोला !
https://www.youtube.com/watch?v=d8BGmwaO8oc