काठमाडौं । केहि समय अघि घटेएको पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्एको छ । नेपाल आयाल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २, २ रुपैयाँ बढाएको छ ।
मूल्य बृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको बताएको छ ।
निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
सरकारले यसअघि दशैंतिहारका बेला घाटा भएपनि मूल्य नबढाएको भन्दै निगमका अधिकारीले त्यो घाटा पूर्ति भएपछि वैज्ञानिक तवरबाट मूल्य समायोजन गरिने बताएका छन् । निगमले पटक पटक आफु घाटामा परेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाउदै आएको छ । मूल्य समायोजना निकै समस्या भइरहेको छ ।