
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध दर्शनलाई पर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन्।
आज बिहान आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् ।
संवोधनमा प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा समेत जोड दिएका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा अझै आएको छैन ।
जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा उनले जोड दिए।











