जसपाका अध्यक्षलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेः विप्लवका केन्द्रिय नेता पनि आउँदैछन्, ब्याटल जित्नु पर्नेछ


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीलाई पार्टी पराएका छन् । जसपा त्यागेको घोषणा गरेका चौधरीलाई आज दिउँसो दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने प्रचण्डको भनाई छ । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादीलाई २०६४ कै अवस्थामा पुर्याउने दावी समेत गरे । विप्लवतिर गएका केन्द्रीय नेताहरु पनि माओवादी केन्द्रमा आउन लागेको भन्दै उनले कैलालीमा पार्टी निकै बलियो हुन् बताए ।

निर्वाचनको ब्याटल जित्ने बेलामा चौधरीको पार्टी प्रवेशले सकारात्मक सन्देश दिने प्रचण्डको भजनाई छ । एमालेसँग एकता गर्दा आफूले धेरै चिज बुझेको प्रचण्डले बताए। विल्पलवका केन्द्रिय नेताहरु पनि आउँदैछन्, त्यसो हुँदा कैलालीमा पार्टी २०६४ कै अवस्थामा आउँछ । अब सबै एक जुट भएर ब्याटल जित्नु पर्ने छ,’ प्रचण्डले भने।

माओवादी पैवेश गरेका चौधरी को हनु ?

२०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय चौधरी २०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि २०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी २०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। त्यसपछि माओवादी फुटेर डा बाबुराम भट्टराई नेतृत्वको नयां शक्तीमा लागेका थिए । पछिल्लो समय चौधरी जसपाको केन्द्रीय सदस्य बनेका थिए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार