
काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज बिचबाटै काठमाडौं फर्किएको छ । आज बिहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट भद्रपुरका लागि उडेको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ जहाज बिहान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो ।
टायरमा समस्या देखिएपछि बीचबाटै फर्काउनु परेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । ६९ जना यात्रु बोकेर उडेको जहाजलाई सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
जहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाजलाई काठमाडौं फिर्ता गरिएको हो । उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय त्रिभुवन विमानस्थल बन्द गरिएको थियो ।
भिडियो पनि हेरौं











