“अलविदा रविन्द्र दाई” तर, उनि मुस्कुराई रहे……

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको टुँडिखेलमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री, नेतासहित हजारौं सर्बसाधरण पुगे ।

देशका प्रतिष्ठित ब्यक्तीहरु चढेको हेलिकोप्टर दुर्घटनाले अहिले सम्पुर्ण नेपाली स्तव्ध छन् । दिउँसो ३ बजेका लागि टुँडिखेलमा तय गरिएको श्रद्धाञ्जली कार्यक्रम शवहरुको पोष्टमार्टक हुन समय लाग्ने भएपछि शुक्रबारसम्मका लागि सारियो ।

टुँडिखेलमा देखिएका केहि दृष्यहरु :

प्राय खेलकुद र अन्य मनोरंजनात्मक कार्यक्रमले सजिरहने टुँडिखेलमा बिहीबार मान्छेहरुको भिड त थियो तर, सन्नाटामय ।
उपस्थित सबैका अनुहार मलिन र आँखा रसाइरहेका देखिन्थे, कारण देशले एक होनहार, शालिन र कुशल राजनितिज्ञ गुमाएको थियो ।

मान्छेहरु त्यहि शालिन मुहार हेर्न र यो सांसारबाट उनलाई अन्तिम बिदाई गर्न सैनिक मंच टुँडिखेलको दक्षिणी मैदानमा पर्खिरहेका थिए ।
उपस्थित मन्त्री, नेता लगायत हजारौं सर्बसाधारणहरु घरि घरि छेउनिरको सडकतिर नजर लगाइरहन्थे मन्त्री अधिकारी र उनिसंगै निधन भएकाहरुलाई अन्तिम पल्ट भेट्न ।

मैदानको छेउमा देखिन्थे सात वटा लस्करै खाटमा बिछ्याइएको सेतो कपडा त्यसमाथी फुलका मालाहरु र सिरानीनिर त्यहि खाटमा अन्तिमपल्ट पल्टिन आउनेको तस्बिर ।

श्रद्धाञ्जलीका लागि बनाइएको यो दृष्य कहाली लाग्दो थियो । झन मन्त्री अधिकारीको शव राख्ने खाट निरै उनको हँसिलो चेहरामा सजिएको तस्बिर ठड्याइएको थियो । तस्बिरको टुप्पोमा “अलविदा रविन्द्र दाई” लेखिएको थियो तर, उनि मुस्कुराई रहेका थिए ।

युवाहरुको मनमा बस्न सफल एक कुशल नेता देशले गुमाउदा त्यहाँ उपस्थित युवा नेता, कार्यकर्ताहरु अनि सर्बसाधारणका आँखा भिजेकै देखिन्थे । र, उनलाई अन्तिमपल्ट हेर्न आतुर थिए ।

रविन्द्र दाई पनि ठङ्ग छेउमा उभिएर आफ्नै लासको पर्खाइमा थिए तस्बिरमा । साँच्चिकै दृष्य कहालीलाग्दो थियो ।

श्रद्धाञ्जली परिसरमा पुगेका नेताहरु मिडियाहरुलाई आफ्ना प्रतिकृया दिइरहेका थिए । उनिहरु भन्दै थिए, “राजिनितीमा राम्रो छवी बनाएका एक इमान्दार युवा नेता र भोलीको देशको नेतृत्वकर्ता हामीले गुमाएका छौं, उनले थालेका राम्रा कामहरु पुरा गर्न नपाउदै बिड्मवना उनि हामीबाट सदाका लागि बिदा भएर गए ।”

तर, असल मान्छे संसारबाट बिदा भएर गएपनि मनमा सदा रहिरहन्छन । एक शालिन ब्यक्तीत्व र पृय नेता रविन्द्र दाई सबै नेपालीको हृदयमा सदा अमर रहिरहनेछन् । राम्रा मान्छेहरु संसारबाट छिट्टै बिदा भएर गएपनि उनिहरु सबैको हृदयमा अमर र पृय भइरहन्छन् ।

अलविदा रविन्द्र दाई………………..,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार