
काठमाडौं । साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
काठमाडौं त्रिुरेश्वरस्थित दशरथ रंगशालामा उपाधीका लागि बंगलादेश र नेपालबीच भएको फाइनल खेलमा बंगलादेश ३–१ ले विजयी भएको हो । नेपाल उपविजेता भएको छ ।
पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध २ गोल हानेको थियो भने दोस्रो हाफमा थप एक गोल थप्दै उपाधी चुमेको हो । नेपालले एक गोल फर्कायो ।
खेलको ७०औं मिनेटमा नेपालको तर्फबाट अनिता बस्नेतले गोल गर्दा ७७ औं मिनेटमा बंगलादेशले फेरी गोल गरेको थियो ।
साफको फाइनलमा नेपाल पाँचौ पटक पराजित भएको हो भने बंगलादेशले छैटौँ संस्करणको च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।












