सिके रावत रिहा हुँदै

काठमाडौं । राज्य विप्लवको मुद्धा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत रिहा हुने भएका छन ।
सर्वोच्च अदालतले बिहीबार आदेश जारि गरेपछि उनि रिहा हुन लागेका हुन ।

जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो ।
गैरकानूनी ढंगले राउतलाई थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

बिगत केहि बर्षदेखि मधेशलाई नेपालबाट अलग गराउनुपर्ने बिखण्डनकारी अभियानमा सकृय रावत यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार